शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर लाहानमा

काठमाडाैं । शाओमीले नेपालमा आफ्नो सेवा सञ्जाल विस्तार गर्दै सिराहाको लाहानचोकमा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
रमेश कर्प अन्तर्गत टेलिडाइरेक्ट प्रा.लि.द्वारा सञ्चालन हुने यो सर्भिस सेन्टर शाओमी प्रयोगकर्तालाई थप सहज, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको हो।
नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (स्मार्टवाच तथा फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन तथा हेडफोन) साथै विभिन्न आइओटी उपकरणहरूको मर्मत, प्राविधिक सहयोग र सेवा प्रदान गरिने कम्पनीले जनाएको छ। सर्भिस सेन्टरमा शाओमीका वास्तविक (जेनुइन) स्पेयर पार्ट्स प्रयोग गरिनेछ, जसले उपकरणको दीर्घायु र सेवाको विश्वसनीयता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
यो सर्भिस सेन्टर टेलिडाइरेक्ट प्रा.लि.ले सञ्चालन गर्नेछ, जुन रमेश कर्प अन्तर्गतको कम्पनी हो। टेलिडाइरेक्टले यसअघि पनि नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक सर्भिस तथा ग्राहक सहयोग प्रदान गर्दै आएको छ। लाहानमा सर्भिस सेन्टर सञ्चालनमा आएसँगै पूर्वी नेपालका ग्राहकहरूलाई सेवा लिन अब काठमाडौं वा अन्य ठूला सहर धाउनुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ।
सर्भिस सेन्टर उद्घाटनको अवसरमा कम्पनीले उद्घाटन मितिदेखि एक महिनासम्म विशेष अफर सार्वजनिक गरेको छ। यस अवधिमा ग्राहकहरूले सबै उपकरणको निःशुल्क सर्भिसिङ तथा सफ्टवेयर अपग्रेड सेवा प्राप्त गर्नेछन्। साथै, वारेन्टीबाहिर रहेका स्पेयर पार्ट्स र मर्मत सेवामा २५ प्रतिशतसम्म छुट दिइनेछ भने वारेन्टीबाहिरका स्पेयर पार्ट्समा कुनै सर्भिस शुल्क नलाग्ने व्यवस्था गरिएको छ।
यस अवसरमा शाओमी नेपालका प्रतिनिधिले लाहानमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याउन पाउँदा खुसी व्यक्त गर्दै, स्मार्टफोन मात्र नभई वेअरएबल्स र एयरबड्सजस्ता उपकरणहरूको पनि आधिकारिक सर्भिस उपलब्ध हुँदा उपभोक्तालाई थप सहजता हुने बताए। लाहानस्थित सर्भिस सेन्टरमा दक्ष प्राविधिकहरू उपलब्ध रहने र शाओमीका आधिकारिक मापदण्डअनुसार सेवा प्रदान गरिने कम्पनीको भनाइ छ।

















युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
क्युबालाई सहयोग गर्ने रूसको प्रतिवद्धता
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
वर्षाले काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
भोलि ईदकाे सार्वजनिक बिदा
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया