नेप्सेमा १० अंककाे वृद्धि, पाँच अर्ब बढीकाे काराेबार
मेरोन्यूज
२०८२ पुष १६ गते १५:५८

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ८७ अंकले बढेर दुई हजार ६३३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ ।
आज ३४२ कम्पनीको एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ६३ हजार ९८१ पटक खरिद बिक्री हुँदा रू पाँच अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह एक दशमलव ६१ प्रतिशतले बढेको छ । एसवाई प्यानल नेपाल लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ग्रीन भेन्चर लिमिटेडको रू १७ करोड ७९ लाख तीन हजार ४१३ बराबरको तीन लाख ४९ हजार ७४४ कित्ता शेयर किनबेच भएको छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सुरु भयाे रास्वपा केन्द्रीय समिति बैठक
प्रतिक्रिया