दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले दिगो शान्ति बिना मुलुकमा समृद्धि सम्भव नहुने र समृद्धि बिनाको शान्ति स्थायी नहुने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य—सामूहिक पहल’ कार्यक्रममा अर्यालले सबै क्षेत्रको सहकार्यबाटै शान्ति र समृद्धि सम्भव रहेको बताए ।
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा युवाले भष्ट्राचार नियन्त्रण, स्वदेशमा रोजगारी र सुशासनका लागि आवाज उठाएको उल्लेख गर्दै उनले उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनामा युवाको भूमिका निर्णायक हुने बताए । हालैका राजनीतिक तथा सामाजिक घटनाक्रमले निजी क्षेत्र नराम्रोसँग प्रभावित भएकोसमेत उनको भनाइ थियो ।
“आन्दोलनको क्रममा ठूलो क्षति भयो । निजी र व्यावसायिक सम्पत्तिमा आघात पुगेको देखिन्छ । निजी क्षेत्रलाई करिब रु ८० अर्ब बराबरको क्षति भएको अनुमान गरिएको छ । यो निजी क्षेत्रका लागि अत्यन्तै दुःखद पक्ष हो”, उनले भने।
नीतिगत स्थिरता, प्रशासनिक सहजता, कर तथा व्यापार नियम सरलीकरण र दीर्घकालीन योजना कार्यान्वयनलाई आर्थिक समृद्धिको पूर्वशर्त रहेको उनको भनाइ छ ।













रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
प्रतिक्रिया