सुनसरीमा गोली लागेर एक जनाको मृत्यु
मेरोन्यूज
२०८२ पुष १७ गते ९:५२

काठमाडौं । सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।
सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकै गोली लागेर एक जनाको मृत्यु भएको हो। गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बुधबार मध्यरातमा गोली चलेको प्रहरीले जनाएको छ।प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काले अपरिचित व्यक्तिले चलाएको गोली लागेर राति १ बजे साहको मृत्यु भएको बताएका छन्। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।
स्थानीयले भने सशस्त्र प्रहरीले गोली चलाएको दाबी गरेका छन्। तस्करसँग विवाद हुँदा सशस्त्रले गोली चलाएको भन्दै सामाजिक सञ्जालमा स्थानीयले लेखेका छन्।
सम्बन्धित













सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
New Year 2026 begins
सन् २०२६ का लागि खाडी क्षेत्रका प्रमुख समस्या र समाधान
भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए
सुनसरीमा गोली लागेर एक जनाको मृत्यु
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया