भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए

भोजपुर। मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुरमा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको सङ्ख्या एक लाख २५ हजार ७६६ पुगेको छ । यसअघि यहाँ एक लाख २३ हजार ३७९ जना मतदाता थिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीका अनुसार निर्वाचन आयोगले गरेको मतदाता नामावली अद्यावधिकपछि जिल्लाको कूल मतदाता सङ्ख्या एक लाख २५ हजार ७६६ कायम भएको हो ।
निर्वाचन कार्यालयअनुसार कूल मतदातामध्ये ६५ हजार ७८८ जना पुरुष, ५९ हजार ९७७ जना महिला तथा एक जना अन्य मतदाता रहेका छन् ।
स्थानीय तहअनुसार भोजपुर नगरपालिकामा २० हजार १८९, षडानन्द नगरपालिकामा २१ हजार ८९६, अरुण गाउँपालिकामा १२ हजार ६४३, आमचोक गाउँपालिकामा १२ हजार ४४४, पौवादुङमा गाउँपालिकामा १० हजार ६६३ जना मतदाता कायम छन् । त्यसैगरी टेम्केमैयुङ गाउँपालिकामा १३ हजार ५५७, रामप्रसादराई गाउँपालिकामा ११ हजार ९००, साल्पासिलिछो गाउँपालिकामा आठ हजार ७२४ र हतुवागढी गाउँपालिकामा १३ हजार ७५० मतदाता छन् ।













सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
New Year 2026 begins
सन् २०२६ का लागि खाडी क्षेत्रका प्रमुख समस्या र समाधान
भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
प्रतिक्रिया