नाडाको अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित
मेरोन्यूज
२०८२ पुष १७ गते १४:३६

काठमाडौं । नेपाल नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन् ।
यसअघि महासचिवको जिम्मेवारीमा रहेका उप्रेती आगामी कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।
नाडाको निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन दर्ताको लागि पुस १७ गते बिहीबार 12 बजेसम्मको समय तोकिएको थियो । उक्त समय भित्र अध्यक्षमा उनको मात्रै उम्मेदवारी परेसँगै उनी निर्विरोध भएका हुन् ।
नाडाको नयाँ नेतृत्व चयनका लागि आगामी २५ गते निर्वाचन हुँदैछ ।
सम्बन्धित












नगद तथा गरगहनासहित एक जना पक्राउ
महाकाली सन्धिका तीन दशकः भारतले नछोड्दा मूल नहरमा बगेन पानी
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया