नगद तथा गरगहनासहित एक जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ बालुवाटारबाट ठूलो रकम तथा विभिन्न गरगहना चोरी गरी फरार रहेका व्यक्तिलाई चोरिएको रकमसहित प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार बालुवाटारको स्र्टोर्म नेटवर्क प्रालिको रु ४८ लाख ७२ हजार र इको भ्याली प्रालिको रु आठ लाख ५८ हजार चोरी गरेका काठमाडौँ महानगरपालिका–२ खुर्सीनिटारका २४ वर्षीय दुर्गाबहादुर केसीलाई पक्राउ गरिएको हो ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक प्रविण धितालले यही पुस १२ गते ठूलो रकम चोरी गरेर फरार रहेका उनलाई दाङ प्रहरीको सहयोगमा नगदसहित पक्राउ गरिएको जानकारी दिएका छन् ।
यही पुस १२ गते राति चोरी गरी फरार रहेका निजलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङसमेतको समन्वयमा तुलसीपुर उपमहानगरपालिका–६ बाट पक्राउ गरी उनलाई काठमाडौँ ल्याइएको छ ।
उनको साथबाट प्रहरीले रु ६५ लाख १७ हजारसहित चाँदीको ब्रास्लेट थान १५, चाँदीकोे सिक्का थान २८ र चाँदीजस्तो देखिने सेतो धातु थान एक र ल्यापटप बरामद गरिएको उपत्यका प्रहरीले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
















नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मत दान गर्छौं
१९ अङ्कले घट्यो नेप्से, ९ अर्बको कारोबार
Film journalist Sitaula passes away
प्रतिनिधिसभा निर्वाचनः कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार चुनावी मैदानमा
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया