युक्रेनी ड्रोन आक्रमणबाट रुसमा २४ जनाको मृत्यु

युक्रेनको दक्षिणी खेरसोन क्षेत्रको रुसको नियन्त्रणमा रहेको क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा परी कम्तीमा २४ जनाको मृत्यु भएको र र ५० भन्दा बढी व्यक्ति घाइते भएका प्रारम्भिक रिपोर्टबाट जानकारी प्राप्त भएको मस्कोका गभर्नर र रुसी अधिकारीहरूले बिहीबार बताएका छन् ।
“ब्ल्याक सीको तटीय ग्रामिण इलाकामा रहेको एक क्याफे र होटलमा तीनवटा यूएभीले आक्रमण भएको र यसबाट २४ जनाको मृत्यु भएको र ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्,” गभर्नर भ्लादिमिर साल्डोले आक्रमणको पुष्टि गर्दै टेलिग्राममा लेख्नुभएको छ । रुसी अनुसन्धान समितिले २० जनाभन्दा बढीको मृत्यु भएको र कैयौँ घाइते भएको आक्रमणबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
साल्डोले टेलिग्राममा पोस्ट गरेका तस्वीरहरूमा आगोले जलेको भवन, धुँवादार भग्नावशेषको थुप्रो र जलेका मृत शरीरहरू देखिएका थिए । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले युक्रेनले सर्वसाधारणमाथि ‘आतंकवादी हमला’ गरेको आरोप लगाउनुभएको छ। युक्रेनी अधिकारीहरूले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।
खोरली गाउँ ‘ब्ल्याक सी’ तटमा रूसी प्रायद्विपमा अवस्थित छ र फेब्रुअरी २०२२ मा युक्रेन विरुद्ध रूसी सेनाले सुरु गरेको आक्रमणको सुरुवातमा रूसी नियन्त्रणमा परेको थियो। सन् २०२२ को शरद ऋतुमा युक्रेनी सेनाले प्रत्याक्रमणको क्रममा क्षेत्रीय राजधानी सहित खेरसोन क्षेत्रको ठूलो भाग पुनः कब्जा गरेको थियो ।
युक्रेनको दक्षिणी खेरसोन क्षेत्रको रुसको नियन्त्रणमा रहेको क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा परी कम्तीमा २४ जनाको मृत्यु भएको र र ५० भन्दा बढी व्यक्ति घाइते भएका प्रारम्भिक रिपोर्टबाट जानकारी प्राप्त भएको मस्कोका गभर्नर र रुसी अधिकारीहरूले बिहीबार बताएका छन् ।
“ब्ल्याक सीको तटीय ग्रामिण इलाकामा रहेको एक क्याफे र होटलमा तीनवटा यूएभीले आक्रमण भएको र यसबाट २४ जनाको मृत्यु भएको र ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्,” गभर्नर भ्लादिमिर साल्डोले आक्रमणको पुष्टि गर्दै टेलिग्राममा लेख्नुभएको छ । रुसी अनुसन्धान समितिले २० जनाभन्दा बढीको मृत्यु भएको र कैयौँ घाइते भएको आक्रमणबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
साल्डोले टेलिग्राममा पोस्ट गरेका तस्वीरहरूमा आगोले जलेको भवन, धुँवादार भग्नावशेषको थुप्रो र जलेका मृत शरीरहरू देखिएका थिए । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले युक्रेनले सर्वसाधारणमाथि ‘आतंकवादी हमला’ गरेको आरोप लगाउनुभएको छ।
युक्रेनी अधिकारीहरूले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । खोरली गाउँ ‘ब्ल्याक सी’ तटमा रूसी प्रायद्विपमा अवस्थित छ र फेब्रुअरी २०२२ मा युक्रेन विरुद्ध रूसी सेनाले सुरु गरेको आक्रमणको सुरुवातमा रूसी नियन्त्रणमा परेको थियो। सन् २०२२ को शरद ऋतुमा युक्रेनी सेनाले प्रत्याक्रमणको क्रममा क्षेत्रीय राजधानी सहित खेरसोन क्षेत्रको ठूलो भाग पुनः कब्जा गरेको थियो ।

फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया