गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह

कैलाली। कैलालीको गोदावरी नगरपालिका–७ तिकोलामा रहेको गौशालामा आज ठूलो सङ्ख्यामा गाई परेका भेटिएपछि स्थानीयले व्यवस्थापनका लागि आग्रह गरेका छन् । गौशालामा २५ वटा गाई र बाच्छाबाच्छी मरेको भेटिएका हुन् । स्थानीय अगुवा नेता लोकराज पाण्डेले पर्याप्त आहार नपाउँदा र चिसोले कठ्याङ्ग्रिएर गाई मरेको अनुमान रहेको बताए ।
“गौशालामा राखिएका गाईलाई समयमा नै घाँस, दाना तथा उचित व्यवस्थापन गरिएको छैन । यस विषयमा विगतमा पनि कुरा उठेको हो । सयभन्दा बढी गाई भएको गौशालामा एक जना मात्र हेरालु छन्”, उनले भने, “हेरचाहको अभावका कारण यस्तो दुःखद अवस्था आएको हो ।
गौशालामा दैनिक चारदेखि पाँचवटा गाई मरिरहेको अवस्था छ । मरेका गाईको गन्धले त्यहाँ जान सक्ने अवस्थासमेत छैन ।” पाण्डेले स्थानीय पालिका र सरोकार भएकाहरूलाई गौशाला व्यवस्थापनका लागि आग्रह गरे । पशुकल्याण धनगढीका अध्यक्ष चेतराज अवस्थीले प्रदेश सरकार र स्थानीय प्रशासनले उक्त गौशालामा भएको घटनाको अनुगमन गरेर घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरे । उनले समस्या पहिचान गरी तत्काल व्यवस्थापनमा लाग्नुपर्ने बताए ।












फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
प्रतिक्रिया