राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

काठमाडौँ। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ ।
यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
साथै यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ ।
राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ । आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।












यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
एमालेले बाेलायाे सचिवालय बैठक
भीमफेदी सुमो दुर्घटना : मृतक ६ मध्ये पाँच जनाको पहिचान खुल्यो
प्रतिक्रिया