ट्रम्पले मादुरोको तस्बिर सार्वजनिक गरे, सैन्य जहाजमार्फत अमेरिका लगिदै

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको तस्बिर सार्वजनिक गरेका छन् । ट्रम्पले साझा गरेको तस्बिरमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी नौसैनिक जहाजमा सवार रहेको दाबी गरेका छन्।
ट्रम्पले यसअघि एक अन्तर्वार्तामा पनि यही जहाजमार्फत मादुरोलाई अमेरिका ल्याइँदै गरेको बताएका थिए। सोही दाबीलाई बल पुग्ने गरी उनले अहिले तस्बिर सार्वजनिक गरेका हुन्।सार्वजनिक तस्बिरमा मादुरोजस्तै देखिने एक व्यक्ति देखिन्छन्, जसको आँखामा मास्क र कानमा हेडफोन लगाइएको छ। उनी खैरो रङको ट्र्याकसुटमा रहेका छन् र सुरक्षाकर्मीको निगरानीमा रहेको जस्तो देखिने दृश्य तस्बिरमा देख्न सकिन्छ।
ट्रम्पको यो पोस्टपछि सामाजिक सञ्जालमा तीव्र बहस सुरु भएको छ। कतिपयले यसलाई राजनीतिक दबाब सिर्जना गर्ने प्रयास भनेका छन् भने कतिपयले तस्बिरको वास्तविकता र समयबारे प्रश्न उठाएका छन्।













देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल
थाई–कम्बोडिया सीमा तनाव फेरि चर्कियो
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
सङ्खुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
प्रतिक्रिया