जाँचबुझ आयोगले बयानको लागि ओलीलाई काट्यो पत्र
मेरोन्यूज
२०८२ पुष २० गते १८:१५

काठमाडाैं । भदौ २३ र २४ गते भएको घटनाको छानबिनका लागि गठन भएको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र काटेकाे छ ।
आफू बयान दिन नजाने सार्वजनिक अभिव्यक्ति दिँदै आएका ओलीलाई आयोगले पत्र काटेर बयानका लागि बोलाएको हो । पत्र ओली बसिरहेको भक्तपुरको गुन्डुस्थित निवासमै पुगेर बुझाइएको स्राेतकाे दाबी छ ।
यसअघि आयोगले तत्कालीन गृहमन्त्री, प्रधानसेनापति नेपाल प्रहरीका वर्तमान तथा पूर्वप्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा काठमाडौं प्रहरी परिसरका तत्कालीन प्रमुखलगायतसँग बयान लिइसकेको छ।
सरकारले असोज ६ गते गौरीबहादुर कार्की नेतृत्वमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहने गरी आयोग गठन गरेको थियो ।
सम्बन्धित















आज चैत १२ गते बिहीबार कुन राशिका लागि शुभ , हेराैँ राशिफल
माैसम पूर्वानुमान: यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया