बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
मेरोन्यूज
२०८२ पुष २० गते १८:२८

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बर्दिया संघीय निर्वाचन क्षेत्र नं. १ बाट गोविन्द थपलियासहित ५ जनाको नाम सिफारिस भएको छ।
सिफारिस हुनेहरुमा शालिकराम अधिकारी, कपिल ज्ञवाली, गोविन्द थपलिया, सुरेश रेग्मी र सुष्मा चौधरी रहेका छन् ।
अधिकारी एमाले बर्दिया जिल्ला कमिटी अध्यक्ष हुन्। यस्तै ज्ञवाली एमाले बर्दिया जिल्ला कमिटी सदस्य हुन् । रेग्मी एमालेका पुराना नेता हुन् भने चौधरी बाँसगढीकी पुर्व उपमेयर हुन्।
यसैगरी थपलिया अनेरास्ववियुको त्रि-चन्द्र क्याम्पस कमिटी अध्यक्ष हुँदै, अनेरास्ववियु भेरी अञ्चल कमिटी अध्यक्ष, अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य, सचिवालय सदस्य, स्थायी कमिटी सदस्य एवम् शैक्षिक विभाग प्रमुख हुन् ।
थपलियालाई एमालेबाट ४० वर्ष मुनिको युवा कलष्टरलाई ध्यान दिँदै सिफारिस गरिएको एमालेले बताएको छ ।
सम्बन्धित












ठगी बढेको भन्दै सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह
खोटाङको धन्नेश्वरी गुफा सरसफाइ
प्रतिनिधिसभा निर्वाचन ५९ दिन बाँकी : आयोगले तोक्यो निर्वाचन अधिकृत
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया