बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
मेरोन्यूज
२०८२ पुष २० गते १८:२८

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बर्दिया संघीय निर्वाचन क्षेत्र नं. १ बाट गोविन्द थपलियासहित ५ जनाको नाम सिफारिस भएको छ।
सिफारिस हुनेहरुमा शालिकराम अधिकारी, कपिल ज्ञवाली, गोविन्द थपलिया, सुरेश रेग्मी र सुष्मा चौधरी रहेका छन् ।
अधिकारी एमाले बर्दिया जिल्ला कमिटी अध्यक्ष हुन्। यस्तै ज्ञवाली एमाले बर्दिया जिल्ला कमिटी सदस्य हुन् । रेग्मी एमालेका पुराना नेता हुन् भने चौधरी बाँसगढीकी पुर्व उपमेयर हुन्।
यसैगरी थपलिया अनेरास्ववियुको त्रि-चन्द्र क्याम्पस कमिटी अध्यक्ष हुँदै, अनेरास्ववियु भेरी अञ्चल कमिटी अध्यक्ष, अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य, सचिवालय सदस्य, स्थायी कमिटी सदस्य एवम् शैक्षिक विभाग प्रमुख हुन् ।
थपलियालाई एमालेबाट ४० वर्ष मुनिको युवा कलष्टरलाई ध्यान दिँदै सिफारिस गरिएको एमालेले बताएको छ ।
सम्बन्धित
















आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया