भक्तपुर २ को उम्मेदवारमा एमाले सचिव महेश बस्नेत सर्वसम्मत सिफारिस

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ मा एमाले सचिव महेश बस्नेत एकल सिफारिस भएका छन् । आइतबार राति सम्पन्न बैठकले बस्नेतलाई सर्वसम्मत सिफारिस गरेको हो ।
भक्तपुर २ मा एमालेबाट राजेन्द्र राजथला र अनिल श्रेष्ठ पनि दाबेदार थिए । तर उनीहरुले आफ्नो दाबेदारी फिर्ता लिएपछि बस्नेतको नाम सर्वसम्मत सिफारिस भएको हो ।बस्नेतले आफूलाई सर्वसम्मत एकल उम्मेदवार सिफारिस प्रक्रिया सहज बनाउन दाबेदारी फिर्ता लिएकोमा राजथला र श्रेष्ठलाई फेसबुकमार्फत् धन्यवाद दिएका छन् ।
भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीबाट रामप्रसाद सापकोटा (दीपशिखा) सिफारिस भएका छन् ।भक्तपुर क्षेत्र नम्बर २ मा २०७४ सालको निर्वाचनमा महेश बस्नेत निर्वाचित भएर उद्योग मन्त्री समेत बनेका थिए । तर २०७९ सालको निर्वाचनमा उनलाई नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले हराएका थिए ।
















आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया