सहमतिका आधारमा केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्नेमा जोड दिएका छन्।
आज पार्टीका नेताहरूसँग भएको भेटमा उनले विशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर आगामी माघ ६ गतेपछि विशेष महाधिवेशन बोलाउँदा उचित हुने बताएको भेटमा सहभागी केन्द्रीय सदस्य पुष्पा भुषालले बताइन्।
नेता कोइरालाले सबैको भावना सम्बोधन हुनेगरी केन्द्रीय समितिले विशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसका लागि क्रियाशील रहेको बताए। नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन गर्न नहुनेमा पनि उनले जोड दिए।
नेतृ भुसालका अनुसार अधिकांश केन्द्रीय सदस्यले विशेष महाधिवेशनलाई चुनावी घोषणासभाका रूपमा रुपान्तरण गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिएका थिए।
नेता कोइरालालाई भेट्न चिनकाजी श्रेष्ठ, डिला सङ्ग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशीलगायत केन्द्रीय सदस्यहरू उनको सम्पर्क कार्यालय पुगेका थिए।












चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
एमालेले बाेलायाे सचिवालय बैठक
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
भक्तपुर २ को उम्मेदवारमा एमाले सचिव महेश बस्नेत सर्वसम्मत सिफारिस
प्रतिक्रिया