बुधबार, पुष २३, २०८२

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँबाट एमालेका १९ उम्मेदवार सिफारिस

मेरोन्यूज २०८२ पुष २२ गते १७:१८

दमौली (तनहुँ)। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले १९ जना उम्मेदवार सिफारिस गरेको छ ।

तनहुँ क्षेत्र नम्बर १ र २ को क्षेत्रीय कमिटीको बैठकले १९ जना उम्मेदवार सिफारिस गरेको हो ।

नेकपा (एमाले) तनहुँका अध्यक्ष हरिराज कँडेलले क्षेत्र नम्बर १ मा आठ र क्षेत्र नम्बर २ मा ११ जना उम्मेदवार सिफारिस भएको जानकारी दिए । क्षेत्र नम्बर १ मा भगवती न्यौपाने, प्रतापलाल श्रेष्ठ, पूर्णबहादुर गुरुङ, अनिल पाण्डे, प्रेमबहादुर राना, रामबहादुर गुरुङ, शोभा गुरुङ र मोहन सुनार सिफारिस भएको छ ।

क्षेत्र नम्बर २ मा केदार सिग्देल, किरण गुरुङ, नारायण खनाल, हरिराज कँडेल, राजेश्वर ढकाल, रत्ना देवी, बाबुराम सुनार, चन्द्रकला पौडेल, विष्णु अधिकारी पराजुली, रामचन्द्र तथा नरेन्द्र वाग्लेलाई सिफारिस गरिएको छ ।

प्रतिक्रिया