प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँबाट एमालेका १९ उम्मेदवार सिफारिस
मेरोन्यूज
२०८२ पुष २२ गते १७:१८

दमौली (तनहुँ)। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले १९ जना उम्मेदवार सिफारिस गरेको छ ।
तनहुँ क्षेत्र नम्बर १ र २ को क्षेत्रीय कमिटीको बैठकले १९ जना उम्मेदवार सिफारिस गरेको हो ।
नेकपा (एमाले) तनहुँका अध्यक्ष हरिराज कँडेलले क्षेत्र नम्बर १ मा आठ र क्षेत्र नम्बर २ मा ११ जना उम्मेदवार सिफारिस भएको जानकारी दिए । क्षेत्र नम्बर १ मा भगवती न्यौपाने, प्रतापलाल श्रेष्ठ, पूर्णबहादुर गुरुङ, अनिल पाण्डे, प्रेमबहादुर राना, रामबहादुर गुरुङ, शोभा गुरुङ र मोहन सुनार सिफारिस भएको छ ।
क्षेत्र नम्बर २ मा केदार सिग्देल, किरण गुरुङ, नारायण खनाल, हरिराज कँडेल, राजेश्वर ढकाल, रत्ना देवी, बाबुराम सुनार, चन्द्रकला पौडेल, विष्णु अधिकारी पराजुली, रामचन्द्र तथा नरेन्द्र वाग्लेलाई सिफारिस गरिएको छ ।
सम्बन्धित
















मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
प्रतिक्रिया