जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस

काठमाडौँ । न्याय परिषद्ले जिल्ला न्यायाधीश पदका परीक्षामा उत्तीर्ण २० उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।
सार्वजनिक सूचीअनुसार अधिवक्ता शिशिरकुमार यादव, सर्वोच्च अदालतका उपरजिस्ट्रार शिवप्रसाद आचार्य,
जाजरकोट जिल्ला अदालतका श्रेस्तेदार ताराप्रसाद डाँगी, न्याय परिषद् सचिवालयका उपसचिव हीरालाल भुसाल, कोसी प्रदेशसभा सचिवालयका उपसचिव डिल्लीप्रसाद आचार्य, विशेष सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता गोपालबहादुर भट्टराई, न्याय परिषद् सचिवालयका उपसचिव सुमन पाण्डे जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका हुन्।
यसैगरी सर्वोच्च अदालतका उपरजिस्ट्रार ठाकुरप्रसाद बस्ताकोटी, रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार विकास बस्नेत, काभ्रेपलाञ्चोक जिल्ला अदालतका श्रेस्तेदार इन्दिरा कार्की, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता बाबुराम भट्टराई, उच्च सरकारी वकिल कार्यालय, पाटनका उपन्यायाधिवक्ता टेकराज भुसाल, सर्वोच्च अदालतका इजलास अधिकृत गोकुल पन्त, उच्च अदालत विराटनगर धनकुटा इजलासका रजिस्ट्रार वीरेन्द्रप्रकाश खड्का, उच्च अदालत सुर्खेत जुम्ला इजलासका रजिस्ट्रार महेन्द्रप्रसाद पौड्याल, सर्वोच्च अदालतका उपरजिस्ट्रार वासुदेव पाण्डे, ऋण असुली पुनरावेदन न्यायाधिकरणका श्रेस्तेदार ललित सापकोटा, न्याय परिषद् सचिवालयका उपसचिव खेमकुमारी बस्नेत जिल्ला न्यायाधीशमा सिफारिस भएका छन्।
सर्वोच्च अदालतका उपरजिस्ट्रार कर्णबहादुर राई र सर्वोच्च अदालतका उपरजिस्ट्रार हीरामाया अवाल पनि जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस भएकी छन्।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया