हिमपात र अत्यधिक चिसोका कारण बुधबार पेरिसमा १४० उडान रद्द

हिमपात र अत्यधिक चिसोका कारण बुधबार बिहान फ्रान्सको राजधानी पेरिसस्थित चाल्र्स डे गल विमानस्थलमा करिब १०० उडान रद्द गरिएको छ भने ओर्ली विमानस्थलमा थप ४० उडान स्थगित गरिएको फ्रान्सका यातायातमन्त्री फिलिप टबारोटले जानकारी दिएका छन्। मङ्गलबार राति उडान अवरोधको सम्भावना देखिएको उल्लेख गर्दै मन्त्री टबारोटले सिएनयुज टेलिभिजनसँग कुरा गर्दै ‘आज दिउँसोसम्म अवस्था क्रमशः सामान्य हुने अपेक्षा गरिएको’ बताए ।
उहाँका अनुसार मौसम सुधारसँगै हवाई आवागमन पनि पुनः नियमित हुने आशा गरिएको छ । हिमपातका कारण पेरिस र आसपासका उपनगरहरूमा चल्ने सबै सार्वजनिक बस सेवाहरू अस्थायी रूपमा स्थगित गरिएको छ । तर, यातायात अधिकारीहरूका अनुसार मेट्रो र उपनगरीय रेल सेवाहरूको ठूलो हिस्सा भने सञ्चालनमै रहेको छ, जसले यात्रुहरूलाई आंशिक राहत दिएको छ ।
फ्रान्सको राष्ट्रिय मौसम सेवा मेटिओ–फ्रान्सले देशका ९६ मुख्य भूमि विभागहरूमध्ये ३८ विभागमा भारी हिमपात र कालो बरफको जोखिम रहेको भन्दै सतर्कता जारी गरेको छ । ती क्षेत्रमा तीनदेखि सात सेन्टिमिटर अर्थात् करिब एकदेखि तीन इन्चसम्म हिउँ जमिसकेको छ ।
मौसम सेवाले हाल देखिएको चिसोलाई ‘यस मौसमका लागि दुर्लभ रूपमा तीव्र’ भएको उल्लेख गरेको छ । यसअघि नै अधिकारीहरूले पेरिस क्षेत्रका बासिन्दाहरूलाई अनावश्यक यात्रा नगर्न, सतर्क रहन र सम्भव भएसम्म बुधबार घरबाटै काम गर्न आग्रह गरेका थिए ।
यस जाडोयाममा युरोपले भोगेको सबैभन्दा कडा चिसोका क्रममा फ्रान्समा मौसमसँग सम्बन्धित दुर्घटनामा हालसम्म कम्तीमा छ जनाको ज्यान गएको अधिकारीहरूले जानकारी दिएका छन् । चिसो अझै केही समय कायम रहन सक्ने अनुमान गरिएकाले सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।













कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
छापियो १० लाख नमुना मतपत्र
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया