दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी

पोखरा । क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कतारेकी एरिका गुरुङ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले बुधवार पोखरामा आयोजना गरेको २२औँ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा पुरुषतर्फ दीपेन्द्र र महिलातर्फ एरिका वर्ष उत्कृष्ट खेलाडी घोषित भए । दुवैले पल्सर बाइक पाए ।
दीपेन्द्रले क्रिकेटकै कुशल भुर्तेल, उसुका विजयी सिञ्जाली, टेबलटेनिसका स्यान्टु श्रेष्ठ र खोखोका जनक चन्दलाई पछि पारे । एरिकाले फुटबलकी रेखा पौडेल, करातेकी एलिसा रास्कोटी मगर, खोखोकी मानमति धामी र भलिबलकी सनिला श्रेष्ठलाई हराइन् ।
खो खो विश्वकपमा दुई ऐतिहासिक रजत पदक दिलाउने नेपालको महिला र पुरुष टिमलाई ‘टिम अफ दि इयर’ अवार्ड प्रदान गर्दा पिपल्स च्वाइस अवार्ड भलिबलका हिमाल सुनारी र उत्कृष्ट युवा खेलाडीको अवार्ड नेपाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोले हात पारे ।
हिमालले फुटबलकी रेखा, उसुका विजय, क्रिकेटकी पुजा र टेबलटेनिसकी इभाना थापालाई हराउँदै अवार्ड जिते । पूजाले एथलेटिक्सका अजय विक, करातेकी अञ्जली महर्जन, बक्सिङकी स्वस्तिका र फुटबलकी समिर तामाङलाई पछि पारिन् ।
पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई उत्कृष्ट प्रशिक्षकको अवार्ड पाउँदा एथ्लेटिक्सकी प्रभा आङदेम्बेले उत्कृष्ट पारा एथ्लेटको अवार्ड पाइन् ।
प्रशिक्षकका नेगीलाई करातेका कुशल श्रेष्ठ, बक्सिङका दीपक महर्जन, क्रिकेटका महेश रिजाल र खोखोका लक्ष्मीनारायण वैद्यलाई हराए । पूर्वखेलाडी खड्ग रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अवार्ड र पलेशा गोवर्धनलाई विशेष अवार्ड ‘ट्रेलब्लेजर अफ दि इयर’ प्रदान गरियो ।
















भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
बुटवल–नारायणगढ सडक अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया