पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?

काठमाडौं । आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन् २०२६ जनवरी १० तारिख । माघ कृष्ण पक्षको सप्तमी उपरान्त अष्टमी तिथि । आज अष्टमी व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : राज्यपक्ष वा प्रशासनिक क्षेत्रमा सफलता मिल्नेछ। सुनियोजित योजनाहरूमा बदलाव गर्नुपर्ला जसले गर्दा काममा समय लाग्नेछ। रोजगारीको नयाँ अवसरहरू फेलापार्न सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
वृष :पहिलाका कमी कमजोरीहरूलाई सुधार्ने समय रहेको छ। योजनाबद्ध प्रयासले परिस्थितिलाई सकारात्मक दिशातर्फ लिएर जान सकिनेछ। मुद्दा मामलाहरूमा पक्ष बलियो रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
मिथुन :नयाँ कार्यको थालनीको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। धैर्यताको कमीले नकारात्मक परिस्थिति निर्माण हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कर्कट : आफन्तहरूको साथ हुनाले मनोबल उच्च रहनेछ। आत्मसम्मानको लागि संघर्ष गर्नुपर्ला। नोकरी वा पेशामा प्रतिस्पर्धीहरूको चलखेल बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
सिंह : आफन्तहरूबाट भनेजस्तो सहायता प्राप्त नहोला। बोलीको माध्यमले अधिकारीहरुलाई प्रभावित पार्न सकिनेछ। अरुको जिम्मेवारीमा कुनै कार्य अधुरो नछोड्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
कन्या : मानसम्मानमा वृद्धि हुनेछ। आर्थिक स्थिति सबल रहनेछ। महत्वकांक्षी योजनाहरू पूरा गर्ने समय रहेको छ। रचनात्मक कार्यमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
तुला : पारिवारिक कारणले मनमा चिन्ता र असन्तोष रहनेछ। विषयवस्तु नबुझेको कुनै पनि कार्य आरम्भ नगर्नुहोला। कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
वृश्चिक : कार्यक्षेत्रमा समय लागे पनि सकारात्मक सोचको साथ कार्य गर्नुहोस् सफलता मिल्नेछ। अध्ययनमा ध्यान केन्द्रित गर्न सकिनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ
धनु :नोकरी वा पेशामा सहयोगीहरूको सहयोग पाइनेछ। कानुनी मुद्दा मामलाहरू सुल्झिनेछन्। नसोचेको स्थानबाट धन लाभका योग छन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
मकर : धार्मिक क्रियाकलापमा रुचि बढ्नेछ। आफन्तहरू मध्य रमाइलो समय व्यतीत हुनेछ। उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू मिल्नेछन्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ : सवारी साधन चलाउँदा सावधान रहनुहोला। बोलिको माध्यमबाट बनीरहेको कार्य बिग्रिन सक्ला सचेत रहनुहोस्। राजनीतिक क्षेत्रमा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। कार्यक्षेत्रमा आलस्यदेखि बच्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
मीन : माननीय जनहरूको मध्य तार्किक विषयलाई लिएर चर्चा रहनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। रचनात्मक वा लेखन कलामा निखार आउनेछ। आँटेको कार्यसम्पादन गर्न सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।













काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
जनमुक्ति मार्ग निर्माणले लियो गति
आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
प्रतिक्रिया