भारतको हिमाचल प्रदेशमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढेर १४ पुगेको अधिकारीहरूले शनिबार बताएका छन् । अधिकारीहरुका अनुसार दुर्घटनामा ४० जना यात्रु घाइते भई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना भएका छन् भने घाइते भएका मध्ये केहीको अवस्थामा गम्भीर छ ।
हिमाचल प्रदेशको राजधानी शिमलाबाट करिब १४२ किलोमिटर दक्षिणपूर्वमा सिरमौर जिल्लाको हरिपुरधार गाउँमा शुक्रबार एयटा यात्रु बहाक बस सडकबाट चिप्लीएर ५०० मिटर गहिरो घाटीमा खसी दुर्घटनाग्रस्त भएको जनाइएको छ ।
अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गर्दै धेरै व्यक्तिहरू अस्पतालमा अझै गम्भीर अवस्थामा रहेको स्थानीय सरकारका मन्त्री जगत सिंह नेगीले बताउनु भएको छ । अधिकारीहरूका अनुसार बसमा ६६ जना यात्रुहरु सवार थिए भने बस सोलनबाट हरिपुरधार जाँदै गर्दा दुर्घटना भएको थियो । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको भारतको अल इन्डिया रेडियोले जनाएको छ ।












दाङमा बस दुर्घटना हुँदा ८ जना घाइते, ३ को अवस्था गम्भीर
कारागारमा ज्यान गुमाएका चौधरीको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने सुदूरपश्चिम सरकारको निर्णय
फेकनको १५ औँ वार्षिक साधारण सभा सम्पन्न
पाकिस्तानमा विवाह समारोहमा ग्यास विस्फोट, दुलहा–दुलहीसहित ८ जनाको मृत्यु
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया