सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो
मेरोन्यूज
२०८२ पुष २७ गते ११:२३

काठमाडौं ।चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस डेढ वर्षपछि फेला परेको छ।
२०८१ असारमा सिमलताल पहिरोले बगाउँदा त्रिशुलीमा दुई वटा बस खसेका थिए। खसेका दुई बस मध्ये बालुवामा पुरिएको अस्थामा एउटा भेटिएको हो।चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा २०८१ असार २८ गते शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका हुन् ।
उक्त दुर्घटनामा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए ।चितवन प्रहरीले अहिले घटनास्थलमा गइरहेको बताएको छ। उक्त दुर्घटनामा बसमा सवार ३५ यात्रु अझैसम्म हराइरहेका छन्। दुई वटा बसमा ६५ यात्रु सवार थिए ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
प्रतिक्रिया