सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो
मेरोन्यूज
२०८२ पुष २७ गते ११:२३

काठमाडौं ।चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस डेढ वर्षपछि फेला परेको छ।
२०८१ असारमा सिमलताल पहिरोले बगाउँदा त्रिशुलीमा दुई वटा बस खसेका थिए। खसेका दुई बस मध्ये बालुवामा पुरिएको अस्थामा एउटा भेटिएको हो।चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा २०८१ असार २८ गते शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका हुन् ।
उक्त दुर्घटनामा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए ।चितवन प्रहरीले अहिले घटनास्थलमा गइरहेको बताएको छ। उक्त दुर्घटनामा बसमा सवार ३५ यात्रु अझैसम्म हराइरहेका छन्। दुई वटा बसमा ६५ यात्रु सवार थिए ।
सम्बन्धित












विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू
राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दाे वातावरण छ : आयोग
दाङमा बस दुर्घटना हुँदा ८ जना घाइते, ३ को अवस्था गम्भीर
कारागारमा ज्यान गुमाएका चौधरीको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने सुदूरपश्चिम सरकारको निर्णय
फेकनको १५ औँ वार्षिक साधारण सभा सम्पन्न
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
प्रतिक्रिया