सोमबार, वैशाख १४, २०८३

कोरला नाकामा ठूलो परिमाणमा भेप बरामद

मेरोन्यूज २०८२ पुष २८ गते १८:५७

मुस्ताङ। मुस्ताङको कोरला नाकामा ठूलो परिमाणमा तस्करीकाे विद्युतीय चुरोट (भेप) बरामद भएको छ।

Advertisement
NiccNicc

सिमा सुरक्षामा खटिएकाे सुरक्षाकर्मीकाे टाेलीले अवैध रुपमा प्रवेश गराउँदै गरेकाे अवस्थामा भेप नियन्त्रणमा लिएकाे हाे ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङकी सिडिओ अजिता शर्माले कोरला नाकामा ठूलाे परिमाणमा भेप बरामद भएकाे जानकारी दिइन् । अहिले मुचुल्काकाे काम भइरहेकाे र कसले, के कति परिणाममा ल्याएकाे यसबारे जानकारी आउन बाँकी रहेकाे उनले बताइन् ।

यसअघि गत भदाैमा हुम्लामा पनि ठूलो परिमाणमा भेप बरामद गरिएको थियो। जडीबुटी लोड गरिएको भन्दै पठाइएको कन्टेनरमा करिब ४० हजार थान भेप र २४ सय केजी सेतक चिनी भेटिएको थियाे।

सरकारले नेपालमा भेपको आयात तथा बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि पछिल्लाे समय मुस्ताङ, हुम्लाजस्ता सीमा नजिकका जिल्लाहरू हुँदै अवैध रूपमा भेप भित्र्याउने क्रम बढ्दै गएको छ ।

प्रतिक्रिया