मंगलबार, पुष २९, २०८२

समानुपातिक सूचीबाट १८ दलका १६४ उम्मेदवारले लिए नाम फिर्ता

मेरोन्यूज २०८२ पुष २९ गते १५:२८
निर्वाचन आयोगको कार्यालय
काठमाडौँ, ११ पुसः कान्तिपथस्थित बहादुर भवनमा रहेको निर्वाचन आयोग, नेपालको कार्यालय । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडाैं । फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा परेका विभिन्न राजनीतिक दलका १६४ जना उम्मेदवारले नाम फिर्ता लिएका छन्।

निर्वाचन आयोगका अनुसार सोमबारसम्म १८ वटा राजनीतिक दलका उम्मेदवारहरूले निवेदन पेश गरी नाम फिर्ता लिएका हुन्।

सबैभन्दा धेरै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट ७८ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। त्यसैगरी जनता समाजवादी पार्टी नेपालबाट २१, जनमत पार्टीबाट २०, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १२, जनादेश पार्टी नेपालबाट ६, नेकपा (एमाले) बाट ५, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दल नेपालबाट ४–४ जनाले नाम फिर्ता लिएका छन्।

नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उन्नत लोकतान्त्रिक पार्टीबाट २ २ जना उम्मेदवारले नाम फिर्ता लिएका छन्। यस्तै गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक पार्टी र संयुक्त नागरिक पार्टीबाट १–१ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।

माघ ४ गते अन्तिम बन्दसूची सार्वजनिक गरिने आयोगले जनाएको छ।

प्रतिक्रिया