नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा चौधरी

काठमाडाैं । नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ। बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई वितरण गरिने १२.५० प्रतिशत नगद लाभांश पारित गरेको छ।
साधारण सभाले संस्थापक शेयरधनीतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक सञ्चालक पदमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ। यससँगै बैंकको सञ्चालक समितिको संरचना थप सुदृढ भएको बैंकले जनाएको छ।
साधारणसभा सम्पन्न भएपछि बसेको बैंक सञ्चालक समितिको ६९९औँ बैठकले सञ्चालक निर्वाणकुमार चौधरीलाई सञ्चालक समितिको अध्यक्षमा चयन गर्ने निर्णय गरेको छ। नेपाल राष्ट्र बैंकबाट सपथ ग्रहण गरेपछि उनले औपचारिक रूपमा अध्यक्षको कार्यभार सम्हाल्नेछन्।
यसै अवसरमा निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले आफ्नो दुई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको बैंकले जनाएको छ। उनको नेतृत्वमा नबिल बैंकले दिगो बैंकिङ, डिजिटल रूपान्तरण, टिम निर्माण, नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) स्थापना तथा मर्जर प्रक्रियालाई सफल बनाउन महत्वपूर्ण उपलब्धि हासिल गरेको बैंकको भनाइ छ।
चालु आर्थिक वर्ष २०८२/८३ मा बैंकले रु ५ अर्ब बराबरको ‘नबिल ८.५% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ (प्रतिकित्ता अंकित मूल्य रु १०० का दरले ५ करोड कित्ता) नयाँ पुँजी उपकरण जारी गरिसकेको छ। यसबाट बैंकको अतिरिक्त प्राथमिक पुँजी बलियो भई जोखिम वहन क्षमता बढ्ने र व्यवसाय विस्तारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
नबिल बैंकले हाल देशभर २६८ शाखा सञ्जाल र ३२१ एटिएम मेसिनमार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। चार दशकभन्दा बढी समयदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले दिगो तथा डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै ‘एनबैंक’ सञ्चालनमा ल्याएको छ।

















विद्यार्थीसँग एमाले अध्यक्ष ओली
झापामा चैते धान रोपाइँ सुरु
स्याङ्जाका ८ पालिकामा आज सार्वजनिक बिदा
आईसीसी टी–२० विश्वकप : आज सेमिफाइनल पुगिसकेको इंग्ल्यान्ड र संघर्षमा रहेको न्युजिल्यान्ड भिड्दै
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
क्रिकेटर करण केसीले गरे बिहे
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
प्रतिक्रिया