बुधबार, पुष ३०, २०८२

निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन

मेरोन्यूज २०८२ पुष ३० गते १७:४९

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्य र विवेकको पक्षमा निर्णय उभिन महाधिवेशन प्रतिनिधिलाई आह्वान गरेका छन् ।

बुधबार विशेष महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै उनले संविधान, कानुन, पार्टीविधानका आधारमा दलको आधिकारिकता विशेष महाधिवेशनको पक्षमा भएकाले कांग्रेस विभाजन नहुने जिकिर गरे ।

महामन्त्री थापाले भने, “विशिष्ट अवस्थामा विशेष अधिवेशन आह्वान गरिएको हो । हामी सत्यको पक्षमा उभिनुपर्छ । विशेष अधिवेशन समापनका विषयमा सम्वाद र कुराकानी भइरहेका बेला आफूहरूलाई छलफलमा अलमल्याएर निर्वाचन आयोगमा कारवाहीको पत्र पठाइएको छ, त्यो गलत छ ।”

युवाभावना अनुरूप अघि बढिरहेको नेपाली कांग्रेसलाई रूपान्तरणको अभियानलाई कसैले रोक्न नसक्ने बताउँदै उनले नेपालको निर्वाचन आयोग, संविधान, नियम र कानुनप्रति विश्वास भएकाले विधिसम्मत ढङ्गबाट आएको निर्णयलाई स्वीकार गर्ने विश्वास दिलाए ।

उनले भने, “कांग्रेस कसैको निजी पार्टी होइन, आफूहरूलाई कारवाही गर्नुअघि सोध्ने, स्पष्टीकरण माग्ने र कारवाही गर्न पर्दैन ? केन्द्रिय कमिटी भङ्ग भएको छ, बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित भएको यो विशेष महाधिवेशन आधिकारिक छ ।”

महाधिवेशन प्रतिनिधिलाई घर फर्किएर महामन्त्रीद्वय उपस्थिति रहेको विशेष अधिवेशनमा भाग लिएर आएको भन्दा कहीकतै शिर निहु¥याउन नपर्ने बताउँदै उनले कांग्रेस विभाजन नभई एउटै रहेकाले नआत्तिन, नअलनमलिन र भ्रममा नपर्न सुझाव दिए।

प्रतिक्रिया