बुधबार, पुष ३०, २०८२

महामन्त्रीद्वयलाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा

मेरोन्यूज २०८२ पुष ३० गते १८:१६

काठमाडाैं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोग पुगेकाे छ।

बुधबार आयोगको कार्यालय पुगेर देउवा पक्षका नेताहरूले कारबाहीको जानकारीसहितको पत्र दर्ता गराएका हुन्।

आजै सानेपामा बसेको संस्थापन पक्षीय केन्द्रीय समिति बैठकले तीनै जना नेतालाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै पाँच वर्षसम्म साधारण सदस्य समेत नरहने निष्कासन गरेको थियाे ।

प्रतिक्रिया