यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
मेरोन्यूज
२०८२ माघ १ गते १४:४१

काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची र मनोनयनको हस्ताक्षर संशोधन गर्ने निर्णय गरेको छ।
बिहीबार ललितपुरको कुपण्डोलमा बसेको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले समानुपातिक बन्दसूची संशोधन गर्ने निर्णय गरेको प्रवक्त देवराज चालिसेले जानकारी दिए।
यसैगरी आगामी निर्वाचनमा पार्टीलाई सशक्त रूपमा प्रस्तुत गर्न उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा ‘निर्वाचन परिचालन समिति’ गठन गरिएको छ ।
बैठकले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै ‘बदलिएको परिस्थितिमा बदलिएको कांग्रेस’ निर्माण गर्ने संकल्प गरेको छ। बैठक भोलि पनि जारी रहने र थप रणनीतिक विषयमा छलफल हुने नेता चालिसेले जानकारी दिए।
सम्बन्धित
















आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया