हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन

हप्तामा दश घण्टा भन्दा बढी भिडियो गेम खेल्दा युवाहरूको आहार, निद्रा र शरीरको तौलमा उल्लेखनीय असर पर्न सक्ने एक अध्ययनले देखाएको छ ।
अष्ट्रेलियाको कर्टिन युनिभर्सिटीको नेतृत्वमा र न्यूट्रिशनमा प्रकाशित अनुसन्धानले देशभरका पाँच विश्वविद्यालयका ३१७ जना विद्यार्थीहरूको सर्वेक्षण गरेको थियो, जसको औसत उमेर २० वर्षको रहेको कर्टिन युनिभर्सिटीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सहभागीहरूलाई निम्न (०–५ घण्टा प्रति हप्ता) मध्यम (५–१० घण्टा) र उच्च (१० घण्टा भन्दा) बडी खेलाडीहरूको रूपमा वर्गीकृत गरिएको थियो ।
शोधकर्ताहरूले कम र मध्यम समय खेल्नेहरुमा सामान्य स्वास्थ्य अवस्था तथा र साप्ताहिक १० घण्टा भन्दा बढी भिडीयो गेम खेल खेल्नेहरूमा आहार,निन्द्रा र तौल लगायतमा नकरात्मक असर परेको जनाएका छन् ।
हप्तामा दश घण्टा भन्दा बढी तथा अत्यधिक भिडीयो गेम युवाहरुको लागि आनिकारक भएको कर्टिन स्कूल अफ पपुलेसन हेल्थका प्रोफेसर मारियो सिर्भोले बताएका छन् ।
“विद्यार्थीहरूले हप्तामा १० घण्टा सम्म खेल्दा आहार, निद्रा र शरीरको वजनको सन्दर्भमा सबै समान देखिएको जनाउदै सिर्भोले १०–घण्टाको सीमाभन्दा बढी खेल्नेहरुमा स्पष्ट भिन्नताहरू देखा परेको बताएका छन् ।
हप्तामा १० घण्टा भन्दा बढी खेल खेल्ने विद्यार्थीहरूमा खराब आहार र उच्च मोटोपनाको समस्या भएको तथा कम र मध्यम समय खेल्नेहरुमा सामान्य भएको अध्ययनले देखाएको छ ।
सबै अध्ययन समूहहरूले धेरै गेम गेल्नेहरुमा सामान्यतया खराब निद्राको गुणस्तरको रिपोर्ट गरेका छन् भने दश घण्टा भन्दा बढी खेल्नेहरुमा निद्रामा अवरोध भएको शोधकर्ताहरूले बताएका छन् ।
अध्ययनले स्वस्थ दिनचर्या अपनाउने सुझाव दिदै राती अवेर सम्म गेम नखेल्न र स्वस्थ खानेकुराको सेवन गरी स्वास्थ्य जोखिमहरू कम गर्न सुझाएको छ ।
















लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया