शुक्रबार, माघ २, २०८२

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : शंकर पोखरेल

मेरोन्यूज २०८२ माघ १ गते १७:५८

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुने बताएका छन् ।

प्रेस चौतारी दाङले घोराहीमा बिहीबार (माघ १) आयोजना गरेको पत्रकार भेटमा पोखरेलले लोकतान्त्रिक पद्धतिलाई सबल बनाउन आवधिक निर्वाचन अपरिहार्य हुने बताए ।

गत भदौ २३ र २४ गतेका घटनालाई असामान्य भएका बताउँदै उनले भने, “प्रहरी र अदालतमा आक्रमण हुनु सामान्य होइन, विखण्डनले राष्ट्र कमजोर बनाउँछ, एकताबाटै समृद्धितर्फ अघि बढ्न सकिन्छ ।” लोकतन्त्र, शान्तिसुरक्षा र कानुनी राज्यको रक्षाका निम्ति नेकपा एमाले गम्भीर रहेको उनको भनाइ छ ।

जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र भागेका कैदीबारे छानबिन गर्नुपर्ने, राजनीतिक दलहरू जनताबीच निर्वाध रूपमा जान पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । साथै उनले १६५ सिटमा पार्टीले उम्मेदवारी दिने बताए ।

प्रतिक्रिया