प्रदेशसभा सदस्यबाट डा जोशीले दिए राजीनामा
मेरोन्यूज
२०८२ माघ ५ गते १५:२०

गोदावरी (कैलाली) । सुदूरपश्चिम प्रदेशसभा सदस्य डा तारा जोशीले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् ।
डडेल्धुरा प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभामा विजयी भएका डा जोशीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डडेल्धुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएपछि उनले राजीनामा दिएका हुन् । प्रदेशसभा सदस्य रहँदै प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएपछि उनले आइतबार इमेलमार्फत राजीनामा दिएको सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।
पछिल्लो समय उज्यालो नेपाल पार्टीमा जोडिएका डा जोशी रास्वपासँगको एकता टुटेपछि पनि एकताको पक्षमा उभिँदै रास्वपामै रहेका थिए ।
सम्बन्धित
















मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
जापानमा मध्यावधि चुनावको घोषणा हुने
झापा पुगेर ओलीले भने – सुरक्षित वातावरण बनाइयाेस्, जुनसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ
लुम्बिनी प्रदेशसभा सदस्य बनियाँले दिए राजीनामा
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रतिक्रिया