नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन

कीर्तिपुर (काठमाडौँ), ३ माघः क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ । राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो ।
विल्लोले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । कार्यक्रममा हिमालयन विल्लोका प्रमुख कार्यकारी अधिकृत प्रदीप यादवले क्रिकेटर झाका लागि एक वर्ष भर आवश्यक हुने छ वटा क्रिकेट ब्याट, १० वटा पन्जासहित सम्पूर्ण सामग्रीहरू निःशुल्क उपलब्ध गराउने जानकारी दिए ।
विश्वभर चिनिएको उत्पादक संस्थाले नेपाली क्रिकेटलाई प्रायोजन गरेको यो पहिलो पटक हो । कार्यक्रममा क्रिकेटर झाले एसजिका सामग्री लिएर क्रिकेट खेल्नु आफ्नो बाल्यकालदेखिकै सपना भएको बताए । प्रमुख कार्यकारी अधिकृत यादवले छिट्टै एक जना महिला क्रिकेटरलाई पनि यसै प्रकारको प्रायोजनका लागि संस्थाले पहल गरिरहेको जानकारी दिए ।
















राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह
सभामुख अर्याल र अध्यक्ष दाहालबीच भेटवार्ता
सुदूरपश्चिम प्रदेशसभाः संशोधन विधेयकको प्रतिवेदन पेश
कृषिमन्त्री चौधरी द्वारा कालीमाटी बजारको स्थलगत अनुगमन
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया