साइमेक्स इंकले नक्कली पेज र वेबसाइटविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने

काठमाडाैं । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी ब्रान्ड नाम दुरुपयोग गरी सञ्चालन भइरहेका नक्कली तथा अनधिकृत डिजिटल पेज र वेबसाइटहरूविरुद्ध कडा कदम चाल्ने भएको छ। कम्पनीले यस विषयमा सार्वजनिक सूचना जारी गर्दै यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक कानुनी तथा नियामक प्रक्रिया अघि बढाइसकेको जनाएको छ।
साइमेक्स इंकका अनुसार हाल केही अनधिकृत डिजिटल प्लेटफर्महरूले आफूलाई ‘बीवाईडी नेपाल’को आधिकारिक माध्यम भनी प्रस्तुत गर्दै ग्राहक तथा उपभोक्तालाई भ्रममा पार्ने प्रयास गरिरहेका छन्। यस्ता प्लेटफर्ममार्फत गलत सूचना प्रवाह गर्नुका साथै आकर्षक अफर, योजना तथा प्रचार सामग्रीको प्रलोभन देखाएर आर्थिक ठगी गर्ने जोखिमसमेत देखिएको कम्पनीको भनाइ छ।
कम्पनीले विशेष रूपमा ‘bydpromotionnepal.com’ नामक वेबसाइट, ‘BYD Dealler Fans’ नामको फेसबुक पेज, ‘BYD Promotion’ नामक टेलिग्राम समूह तथा यस्तै नाम भएका अन्य डिजिटल प्लेटफर्महरू बीवाईडी नेपालका आधिकारिक सञ्चार माध्यम नभएको स्पष्ट पारेको छ। यी प्लेटफर्महरूसँग साइमेक्स इंक प्राइभेट लिमिटेडको कुनै पनि प्रकारको सम्बन्ध, सहकार्य, आबद्धता वा आधिकारिक स्वीकृति नरहेको कम्पनीले जनाएको छ।
अनधिकृत डिजिटल प्लेटफर्महरूले ग्राहकको विश्वासमा गम्भीर असर पार्नुका साथै ब्रान्डको विश्वसनीयता र उपभोक्ता सुरक्षामा जोखिम सिर्जना गर्न सक्ने भन्दै साइमेक्स इंकले यस विषयलाई गम्भीरताका साथ लिएको छ। कम्पनीले सर्वसाधारण, ग्राहक तथा सरोकारवालाहरूलाई यस्ता नक्कली डिजिटल माध्यमहरूसँग कुनै पनि प्रकारको सम्पर्क, प्रचार–प्रसार वा आर्थिक कारोबार नगर्न कडा अनुरोध गरेको छ।
नेपालमा बीवाईडी सवारीसाधन, आधिकारिक अफर, बिक्रीपछिको सेवा तथा विभिन्न अभियानसम्बन्धी जानकारीका लागि साइमेक्स इंकका प्रमाणित डिजिटल प्लेटफर्महरू तथा आधिकारिक डिलरहरूमार्फत मात्र जानकारी लिन कम्पनीले आग्रह गरेको छ।
बीवाईडी ब्रान्ड नामको दुरुपयोग रोक्न र ग्राहक तथा उपभोक्ताको हित संरक्षण गर्न आगामी दिनमा पनि अनधिकृत डिजिटल प्लेटफर्महरूविरुद्ध कानुनी तथा नियामक प्रक्रिया निरन्तर अघि बढाइने साइमेक्स इंकले स्पष्ट पारेको छ।
















नेपाल राष्ट्र बैंकले शुक्रबार का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
चैत ६ गते शुक्रबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
प्रतिक्रिया