रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ । रास्वपाका तर्फबाट मनाङका अनिल गुरुङको उम्मेदवारी अहिलेसम्म दर्ता भएको छैन । पार्टीका नेता एवं रास्वपाका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र ८ मा उम्मेदवार विराजभक्त श्रेष्ठले मनाङबाहेक सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको जानकारी दिए ।
रास्वपाका मनाङका उम्मेदवारको बाटोमा अलमलका कारण दर्ता छुटेको हुनसक्ने उनले बताए । पार्टीका सहमहामन्त्री एवं दाङ २ बाट उम्मेदवारी दिनुभएका विपिनकुमार आचार्यले कूल उम्मेदवार दर्तामध्ये रास्वपाका तर्फबाट करिब आठ प्रतिशत उम्मेदवार महिला रहेको जानकारी दिए ।
झापा निर्वाचन क्षेत्र १ मा निशा डाँगी, झापा २ मा इन्दिरा राना, मोरङ ५ आशा झा, मोरङ ६ मा रुबिना आचार्य, सुनसरी १ मा सरिन (गोमा) तामाङ, कास्की ३ मा बिना गुरुङ, जुम्ला १ मा बिनिता कठायत, हुम्ला १ मा टासी लामा, कैलाली १ मा कोमल ज्ञवाली, धादिङ १ मा आशिका तामाङ, काठमाडौँ १ मा रञ्जु दर्शना, ललितपुर ३ मा तोसिमा कार्की र चितवन ३ मा सोविता गौतमले उम्मेदवारी दर्ता गर्नुभएको छ । त्यसैगरी सप्तरी १ पुष्पा चौधरी, महोत्तरी ४ बाट गौरीकुमारी यादव र सर्लाही १ बाट नितिमा कार्कीले मनोनयन दर्ता गराउनुभएको छ ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया