सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा (सर्लाही)। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सर्लाहीमा १५८ मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रका रुपमा राखिएको छ । यहाँ रहेका चार निर्वाचन क्षेत्रमा ३१२ मतदानस्थल तोकिएको थियो । त्यसमध्ये १३१ संवेदनशील र २३ मतदानस्थललाई सामान्य समूहमा वर्गीकरण गरिएको हो ।
जिल्ला सुरक्षा समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार सबै मतदानस्थलको अनुगमनपछि तीन समूहमा वर्गीकरण गरिएको हो । निर्वाचन सुरक्षा रणनीति तयार गर्ने उद्देश्यसहित तयार पारिएको समूहअनुसार मतदानस्थलको सुरक्षा व्यवस्था सोहीअनुसार गरिने उनले बताए ।
अनुगमनका क्रममा यहाँको सामाजिक, राजनीतिक, भौगोलिक तथा सीमावर्ती क्षेत्रका जोखिमलाई मूल्याङ्कन गरिएको प्रजिअ रामुराज कडरियाको भनाइ छ । सुरक्षा समितिको सिफारिसमा यसपटक केही मतदानस्थल र केन्द्र हेरफेर गरिएको जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले बताए । आसन्न निर्वाचनमा सर्लाहीका मतदाताले ३१२ मतदानस्थलमा स्थापना गरिने ६२८ मतदान केन्द्रमार्फत आफ्नो मत जाहेर गर्नेछन् ।
निर्वाचन कार्यालयका सर्लाहीका अनुसार क्षेत्र नं १, मा एक लाख ३० हजार ८७१ मतदाता रहेका छन् । यहाँ ७८ मतदानस्थल र १५७ मतदान केन्द्र तोकिएको छ भने क्षेत्र नं २, मा एक लाख २५ हजार ३११ मतदाताका लागि ७७ स्थानमा १५८ मतदान केन्द्र तय भएको छ ।
यस्तै क्षेत्र नं ३, मा एक लाख ३४ हजार ४१२ मतदाताका लागि ७६ मतदानस्थलमा १५९ मतदान केन्द्र स्थापना गरिने भएको छ भने ४ नम्बर निर्वाचन क्षेत्रमा एक लाख २१ हजार १२ जना मतदाताका लागि ८१ मतदानस्थलमा १५४ वटा केन्द्र रहने जिल्ला निर्वाचन अधिकारी पौडेलले जानकारी दिए ।
आसन्न निर्वाचनमा सर्लाहीबाट दुई लाख ७८ हजार ८३७ पुरुष, दुई लाख ३२ हजार ७५८ महिला र ११ अन्यसहित पाँच लाख ११ हजार ६०६ जना मतदाताले मतदान गर्नेछन् । विसं २०७९ को निर्वाचनपछि सर्लाहीमा २२ हजार ५९५ जना नयाँ मतदाता थपिएका छन् ।
















करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया