राष्ट्रियसभामा तीन अध्यादेश पेस

काठमाडौं । राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश पेस गरेका छन् ।
बैठकमा मन्त्री अर्यालले ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ९पहिलो संशोधन० अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गरेका हुन् ।
यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गरेका छन् ।
यसैगरी विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गरे ।
बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएकोसम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाएका थिए ।
बैठकले पूर्वमन्त्रीहरु ऋषिकेश गौतम, मोहम्मद अफ्ताब आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र पूर्वसांसद कृष्णकुमारी श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही माघ १३ गते मङ्गलबार दिउँसो १ः१५ बजे बस्नेछ ।
















प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ सम्पन्न
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रियसभा निर्वाचनको सबै तयारी पूरा
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया