रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार
मेरोन्यूज
२०८२ माघ ११ गते १७:११

काठमाडौँ । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा तत्काल अन्तरिम आदेश आवश्यक नदेखिएको ठहर गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
इजलासले अन्तरिम आदेश छलफलका लागि विपक्षीलाई माघ १५ गतेका लागि बोलाएको छ।
त्यस्तै विपक्षीलाई १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जबाफ पेस गर्न पनि आदेश दिएको छ।
टिकापुर घटनामा जन्मकैदको सजाय पाएको भन्दै गत बिहीबार निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेज गरेको थियो। आफ्नो उम्मेदवारी खारेज भएपछि उनी उक्त निर्णयविरुद्ध सर्वोच्च पुगेका थिए।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया