कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी
मेरोन्यूज
२०८२ माघ ११ गते १७:३९

काठमाडाैं । राष्ट्रियसभा सदस्यको चुनावमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
आइतबार भएको मतदानमा दुई दलबीच बनेको गठबन्धनबाट उम्मेदवार बनेका ललितजंग शाही र मिनासिंह रखाल विजयी भएका हुन् ।
अन्य कलष्टरबाट उम्मेदवार बनेका शाहीले प्रदेशतर्फ २६ र स्थानीयतर्फ सय मतभार प्राप्त गरी विजयी बन्दा नेपाली कम्युनिष्ट पार्टीका बुद्विप्रसाद शर्माले प्रदेशतर्फ १३ स्थानीयतर्फ ५० मतभार प्राप्त गरी पराजित भए ।
यस्तै, एमालेकी रखालले प्रदेशतर्फ २६ र स्थानीयतर्फ ९३ मतभार प्राप्त गरी विजयी भइन् । उनकी प्रतिद्वन्द्वी नेकपाकी अञ्जु महतारा शाहीले प्रदेशतर्फ १३ स्थानीयतर्फ ५५ मतभार प्राप्त गरी पराजित भइन् ।
रखाल महिला क्लस्टरबाट विजयी भएकी हुन् ।
सम्बन्धित
















राष्ट्रिय सभा : बागमतीबाट कांग्रेसकी देवकोटा र एमालेका दंगाल विजयी
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीबाट जंगली, झाक्री र केसी विजयी
राष्ट्रियसभामा सुदूरपश्चिमबाट लीला र खम्मबहादुर निर्वाचित
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
राष्ट्रियसभा चुनाव : गण्डकीबाट गणेश र सम्झना विजयी
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्रतिक्रिया