महोत्तरीबाट सात पूर्वमन्त्री चुनावी मैदानमा

महोत्तरी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लाबाट सात पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । चार निर्वाचन क्षेत्र रहेको महोत्तरी क्षेत्र नं-१ बाट एक, क्षेत्र नं-२ बाट एक, क्षेत्र नं-३ बाट दुई र क्षेत्र नं-४ बाट तीन पूर्वमन्त्री चुनावी मैदानमा होमिएका हुन् ।
जिल्लाको क्षेत्र नं १ बाट पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरिराजमणि पोखरेल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट चुनाव लड्दै छन् । उनीसँगै यस क्षेत्रमा नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो र नेपाली कांग्रेसका मुकेश काफ्ले चुनावी मैदानमा छन् ।
त्यस्तै क्षेत्र नं २ बाट पूर्वश्रम रोजगार तथा यातायात मन्त्री शरतसिंह भण्डारी जनता समाजवादी पार्टी नेपालबाट चुनावी मैदानमा छन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसकी पूर्वसांसद किरण यादव र नेकपा (एमाले) का कासिम नदाफ पनि प्रतिस्पर्धा गर्दैछन् ।
त्यस्तै क्षेत्र नं-३ बाट पूर्वकृषिमन्त्री हरिनारायण यादव र पूर्व गृहराज्यमन्त्री मोहम्मद रिजवान चुनावी मैदानमा हुनुहुन्छ । यादवलाई जसपा नेपालले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् भने रिजवानले नेपाल सङ्घीय समाजवादी पार्टीबाट चुनावी मैदानमा छन् ।
सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार रामआधार कापर, नेपाली कांग्रेसका बजरङ्ग नेपाली, जसपा नेपालकी मिनाक्षी ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका उज्ज्वल कुमार झा र नेकपा (एमाले) का मनोजकुमार सिंहसँग प्रतिस्पर्धा गर्दैछन् ।
त्यसैगरी निर्वाचन क्षेत्र नं ४ बाट पूर्वकृषिमन्त्री महेन्द्रकुमार राय, पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव र पूर्व प्रदेश गृहमन्त्री भरतप्रसाद साह चुनावी मैदानमा रहेका छन् । पूर्वमन्त्री महेन्द्रकुमारले नेपाली कांग्रेसबाट, डा सुरेन्द्र जसपा नेपालबाट र भरतप्रसाद नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट चुनाव लड्दै छन् । यस क्षेत्रबाट एमालेका उम्मेदवार निलम अधिकारी पनि चुनावी मैदानमा छन् ।
















बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार १६ अर्ब नाघ्यो
तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश
नेशनल लाईफद्वारा कोशी प्रदेशका अभिकर्ताहरुलाई १ दिने तालिम
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
प्रतिक्रिया