राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
मेरोन्यूज
२०८२ माघ ९ गते १८:४६

काठमाडौँ । राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सातदोबाटो युवा क्लबले पहिलो जित दर्ता गराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा सातदोबाटोले मनाङ मस्र्याङ्दी क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।
फरवार्ड फोडे फोफानाले गरेको एक गोल सातदोबाटोका लागि निर्णायक गोल सावित भयो । फोफानाले खेलको ६१औँ मिनेटमा गोल गरेका हुन् । सातदोबाटो पहिलो खेलमा सङ्कटा एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो भने न्युरोड टिम (एनआरटी)सँग ३-१ गोलको हार व्यहोरेको थियो ।
यता मनाङको भने यो लगातार तेस्रो हार हो । मनाङ पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग ५-० गोलले पराजित भएको थियो भने मच्छिन्द्र क्लबसँग २-१ गोलले पराजित भएको थियो ।
सम्बन्धित
















सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
युद्धविरामअघि ओडिसामा घातक हमला
बागमती सरकारले गाडी भाडा समायोजन गर्यो, कहाँको कति ? (सूचीसहित)
अफगानिस्तानमा घरको छत खस्दा आठ जनाको मृत्यु
बाँकेमा ५ शय्याको आधारभूत अस्पताल सञ्चालन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया