शुक्रबार, माघ ९, २०८२

राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित

मेरोन्यूज २०८२ माघ ९ गते १८:४६

काठमाडौँ । राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सातदोबाटो युवा क्लबले पहिलो जित दर्ता गराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा सातदोबाटोले मनाङ मस्र्याङ्दी क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।

फरवार्ड फोडे फोफानाले गरेको एक गोल सातदोबाटोका लागि निर्णायक गोल सावित भयो । फोफानाले खेलको ६१औँ मिनेटमा गोल गरेका हुन् । सातदोबाटो पहिलो खेलमा सङ्कटा एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो भने न्युरोड टिम (एनआरटी)सँग ३-१ गोलको हार व्यहोरेको थियो ।

यता मनाङको भने यो लगातार तेस्रो हार हो । मनाङ पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग ५-० गोलले पराजित भएको थियो भने मच्छिन्द्र क्लबसँग २-१ गोलले पराजित भएको थियो ।

प्रतिक्रिया