महाराष्ट्र विमान दुर्घटना अपडेट: उपमुख्यमन्त्री अजित पवारको निधन
मेरोन्यूज
२०८२ माघ १४ गते ११:०२

काठमाडौँ । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटनामा परेको छ । विमानमा अजित पवारका निजी सहायक, सुरक्षाकर्मी र उडान परिचारिकासहित पाँच जनाको मृत्यु भएको छ।
आज बिहान ८ः४५ बजे मुम्बईबाट बारामतीका लागि उडेको चार्टर विमान अवतरणक्रममा दुर्घटना भएको हो ।अहिलेसम्म प्राप्त जानकारी अनुसार, पवारले चार्टर्ड विमानबाट मुम्बईबाट बारामती यात्रा गरेका थिए। अवतरणको क्रममा विमान धावनमार्गबाट चिप्लिएको थियो।
नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले दुर्घटनामा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ। केही समय अघि मात्र छ जनाको मृत्यु भएको रिपोर्ट आएको थियो।
अजित पवार महाराष्ट्र पञ्चायत चुनावको लागि चार र्यालीहरूलाई सम्बोधन गर्न बारामती जाँदै थिए। शरद पवार र सुप्रिया सुले भने दिल्लीमा थिए।
सम्बन्धित
















महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटना,अवस्था गम्भीर
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौंमा पनि हल्का वर्षा
National Anti-Money Laundering Day today
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित
प्रतिक्रिया