रासस इतिहासको साक्षी मात्र होइन, अभिलेखकर्ता पनि होः महाप्रबन्धक राई

काठमाडौँ ।राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सन्दिप राइले रासस केवल इतिहासको साक्षीमात्र नभएर इतिहासको अभिलेखकर्ता पनि बनेर नेपाल र नेपालीसामू उपस्थित रहेको बताएका छन् ।
राससको ६५ औँ वार्षिकोत्सवका अवसरमा आज राससमा आयोजित विशेष समारोहमा स्वागत मन्तव्य राख्दै उनले आफ्नो ६५ वर्षे यात्रामा राससले विभिन्न आरोह अवरोहहरु पार गर्दै देशका ठूला राजनीतिक, सामाजिक, सांस्कृतिक तथा अन्य परिवर्तनहरुको साक्षी बनेको र साक्षी मात्र नभएर यो लामो इतिहासको अभिलेखकर्ताका रुपमा समेत नेपाल र नेपालीसामू रहेको बताएका हुन् ।
उनले भने “पञ्चायतकालदेखि, जेन्जी जनआन्दोलनसम्म, संविधान निर्माणदेखि र सङ्घीय शासन प्रणालीको कार्यान्वयनसम्म रासस केवल इतिहासको साक्षी मात्र बनेन, इतिहासको अभिलेखकर्ता पनि बन्यो । देशका हरेक राजनीतिक, सामाजिक, साँस्कृतिक र आर्थिक परिवर्तनका मोडमा राससले आधिकारिक, विश्वसनीय र तथ्यपरक समाचार प्रवाह गर्दै आफ्नो संस्थागत दायित्व निभाएको छ ।”
साढे छ दशकदेखि मुलुकमा समाचार सेवा प्रदान गर्दै आएको राससले सूचना प्रविधिको तीव्र विकाससँगै अहिले डिजिटल प्लेटफर्ममा सेवा विस्तार गरिरहेको बताउँदै महाप्रबन्धक राईले रासस आज मुलुकका समग्र आमसञ्चारमाध्यमको मात्र नभएर सरकारी निकाय, कूटनीतिक नियोग, निजी क्षेत्र र आम नागरिकका लागि विश्वसनीय सूचनाको प्रमुख स्रोत बनेको उल्लेख गरे ।
















इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि
जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छः सभापति थापा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया