मंगलबार, वैशाख ८, २०८३

मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने तयारी

मेरोन्यूज २०८२ फागुन १२ गते १३:२३

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

आयोगका अनुसार मतदान सम्पन्न भएलगत्तै मतपेटिका स‌कलन गरी तत्काल मतगणना कार्य सुरु गरिनेछ।

समानुपातिकको एक–दुई दिन लागे पनि प्रत्यक्षतर्फको परिणाम मतपेटिका संकलन भएको २४ घण्टा भित्र घोषणा गर्ने गरी आयोगले तयारी गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया