देशलाई उज्यालो भविष्यतिर लैजाने घिसिङको प्रतिबद्धता

पाँचथर। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा दिगो विकास, सुशासन र समृद्धिका लागि स्पष्ट कार्ययोजना अघि सारका छन् । पाँचथरको इलाममा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले ऊर्जा क्षेत्रमा आफ्नो नेतृत्वमा हासिल भएको सफलता स्मरण गर्दै अब समग्र राष्ट्रलाई उज्यालो भविष्यतर्फ लैजाने प्रतिबद्धता व्यक्त गरे ।
उनले अहिलेको जेनजी (जेनेरेसन–जेड) पुस्ताले नेतृत्व सम्हाल्नुपर्ने समय आएको उल्लेख गर्दै आफू युवापुस्ताको भावना, सोच र ऊर्जालाई प्रतिनिधित्व गर्ने नेतृत्वका रूपमा अघि बढिरहेको बताए ।उनले भने, ‘हामीले काम गरेर देखाएका छौँ, अब देश बदल्ने जिम्मा जनताले दिनुपर्छ ।
’उनले युवाशक्ति, पारदर्शिता र भ्रष्टाचारविरुद्धको दृढ अडान नै आफ्नो पार्टीको मुख्य आधार भएको उल्लेख गर्दै परिवर्तन चाहने सबैलाई एकजुट हुन आह्वान गरे । साथै पाँचथर लगायत कोशी प्रदेशका आफ्ना पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन मतदातासमक्ष आग्रह गरे
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया