टर्कीमा लडाकू जेट दुर्घटना हुदाँ पाइलटको मृत्यु

टर्कीमा लडाकू जेट विमान ( एफ–१६) बुधबार उडान भरेको केही समय पछि दुर्घटनाग्रस्त हुँदामा पाइलटको मृत्यु भएको मिडियाले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
बालिकेसिरबाट उडान भरेको विमानको साथ रेडियो र ट्र्याकिंग जानकारी प्रस्थानको लगत्तै हराएको मन्त्रालयले जनाएको छ ।
“खोजी र उद्धार अभियान मार्फत भग्नावशेष फेला पारी पाइलटले ज्यान गुमाएको उल्लेख गर्दै दुर्घटनाको कारण दुर्घटना परीक्षण टोलीले अनुसन्धान गरेपछि निर्धारण हुनेछ “, मन्त्रालयले जनाएको छ ।
यस अघि गत नोभेम्बरमा, अजरबैजानबाट फर्कने क्रममा छिमेकी जर्जियामा एउटा दुर्घटना भए पछि टर्कीले सी–१३० कार्गो विमानको उडान स्थगित गरेको थियो, जसमा सवार सबै २० जनाको मृत्यु भएको थियो ।
अमेरिकी कम्पनी लकहिड मार्टिनद्वारा निर्मित एफ–१६ विमानहरू पछिल्लो समयमा दुर्घटनाग्रस्त भएका छन् ।
जनवरीमा ताइवानको एफ–१६ नियमित मिसनको क्रममा समुद्रमा दुर्घटनाग्रस्त भएको थियो ।
पोल्यान्डमा अगस्टमा एयर सोको रिहर्सल गर्दा एफ–१६ दुर्घटनाग्रस्त हुदाँ पनि पाइलटको मृत्यु भएको जनाइएको छ ।
















एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया