हुम्लामा शान्तिपूर्ण रूपमा मतदान जारी

सिमकोट (हुम्ला) । हिमाली जिल्ला हुम्लामा आज बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यहाँका मतदाता उत्साहपूर्णक मतदान प्रक्रियामा सहभागी भइरहेका छन् ।
बिहान ७ः००बजेदेखि अहिलेसम्म हुम्लाका ६३ वटा मतदान केन्द्रबाट चार हजार ५८० मत खसेको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले जानकारी दिए । उनले अहिले जिल्लाभर मतदान जारी रहेको उल्लेख गर्दै शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको बताए ।
जिल्लामा सुरक्षा व्यवस्थासमेत सुदृढ रहेको जनाइएको छ । निर्वाचन आचारसंहिता अनुसार मतदान केन्द्रबाट ३०० मिटरभित्र मादकपदार्थ बिक्रीवितरण गर्न निषेध गरिएको छ भने पाँच सय मिटरभित्र प्रचारप्रसार सामग्री टाँस्न रोक लगाइएको छ । मतदाता परिचयपत्र हराएको अवस्थामा फोटोसहितको अन्य सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।
साथै अशक्त, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले आवश्यक परे एकाघरका सदस्य वा इच्छाएको व्यक्तिको सहयोगमा मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन अधिकृत बरालले बताए ।

















उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान
दिउँसो २ बजेसम्म ३३ प्रतिशत मतदान
परिवर्तनको आशा बोकेर मतदान
एमाले नेता पोखरेलले गरे मतदान
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया