महोत्तरीका ४ वटै क्षेत्रमा रास्वपाको अग्रता

महोत्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीका चारवटै क्षेत्रमा रास्वपाका उमेदवारले अग्रता लिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार आज दिउँसो ४ बजेसम्म क्षेत्र नं १ मा रास्वपाका प्रमोदकुमार महतोले १० हजार ९९३ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका गिरिराजमणि पोखरेलले तीन हजार ९२३ र नेकपा (एमाले) का लक्ष्मी महतो कोइरीले दुई हजार ८५६ मत प्राप्त गरेका छन्।
यस्तै, क्षेत्र नं २ मा रास्वपाका दीपककुमार साहले दुई हजार ९१९ र जनता समाजवादी पार्टीका शरतसिंह भण्डारीले ८५८ मत प्राप्त गरेका छन् । क्षेत्र नं ३ मा रास्वपाका उज्ज्वल झाले ५७१ र स्वतन्त्र उमेद्ववार रामआधार कापरले ११४ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं ४ मा रास्वपाका गौरीकुमारीले ६५१ र जनता समाजवादी पार्टीका डा सुरेन्द्रकुमार यादवले २६९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिए ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया