रौतहट–१ मा रास्वपाका चौधरी विजयी, माधव नेपाल चौथो

चन्द्रपुर (रौतहट) । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजेशकुमार चौधरी विजयी भएका छन् । आज सम्पन्न मतगणनामा चौधरीले २८ हजार ९४६ मत प्राप्त गरेको निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिए ।
उक्त क्षेत्रमा नेकपा (एमाले)का अजयकुमार गुप्ताले १० हजार ६९३ प्राप्त गर्दा नेपाली कांग्रेसका अनिल झाले आठ हजार ५७४ मत प्राप्त गरे । साथै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सात हजार ६६९ मत प्राप्त गरे ।
यस क्षेत्रमा एक लाख आठ हजार ७२६ मतदाता रहेकामा ७१ हजार १५६ मत खसेको थियो ।
हाल रौतहटको–२, ३ र ४ मा मतगणना जारी छ । क्षेत्र नंं २ मा नेपाली कांग्रेसका मो। फिरदोश आलम, क्षेत्र नं. ३ मा रास्वपाका रवीन्द्र पटेल र क्षेत्र नं. ४ मा रास्वपाकै गणेश पौडेलले अग्रता कायम राखिरहेका छन् ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया