खोटाङमा श्रम संस्कृति पार्टीका राई अगाडि

खोटाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले अग्रता कायम राखेका छन् । आज अपरान्ह ४ः०० बजेसम्म कूल २८ हजार ८२२ मतगणना हुँदा राईले सात हजार १२२ मत प्राप्त गरेका छन् ।
राईलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबिक्रम राईले पछ्याइ राखेका छन् । उनले पाँच हजार ८४५ प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साथै नेपाली कांग्रेसका वीरकाजी राईले पाँच हजार ५७५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा हरि रोकाले चार हजार ५८४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीले दुई हजार ५५५, जनता समाजवादी पार्टी (जसपा)का राकेश राईले १५६ मत प्राप्त गरेका छन् ।
कार्यालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक तामाङले ९१, जनता समाजवादी पार्टी नेपालका सुनिल चाम्लिङले ४४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का चन्द्र बुढाथोकी ‘शैलेस’ले ९९, नेपाल मदजुर किसान पार्टीका ध्यानप्रसाद ढकालले १७, राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राईले ३६२, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका प्रयाग राईले ११, मितेरी पार्टी नेपालका केशरमान चाम्लिङले १२ प्राप्त गरेका छन्।
यस्तै, स्वतन्त्र उम्मेदवारहरु डा राजकुमार राईले २० र तीलकचन्द्र राईले २४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिएका छन् ।
मतगणना गरिएकामध्ये एक हजार ९०५ मत बदर भएको जनाइएको छ । बदर भएका मतमध्ये अधिकांश एउटै मतपत्रमा दुई वा दुईभन्दा बढी छाप हालेको पाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ६३ हजार ३५ मत खसेको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले बताए । एक लाख ४७ हजार १२० मतदाता रहेको जिल्लामा फागुन–२१ गते सम्पन्न निर्वाचनमा ४३ प्रतिशत मात्रै मत खसेको हो ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया