लागुऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ

काठमाडौँ। देशका विभिन्न भागमा रहेका प्रहरी कार्यालयबाट शनिबार गस्तीमा रहेको प्रहरी टोलीले कानुनले बर्जित गरेका चिकित्सकीय औषधि र लागुपदार्थसहित आठ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मोरङ, पथरी शनिश्चरे नगरपालिका–८ मङगलबारे, दाङको घोराही उपमहानगरपालिका–१४ स्थित न्यु मनकामना गेष्ट हाउस, कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्याउले चोकबाट उनीहरू पक्राउ परेका हुन् ।
यसैगरी, पथरी शनिश्चरे नगरपालिका–८ मङगलबारबाट मानबहादुर दर्जीसहित तीन, घोराही–१४ स्थित न्यु मनकामना गेष्ट हाउसबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई, धनगढी–३ चटकपुरबाट स्थानीय २३ वर्षीय अमन रानासहित दुई र कृष्णपुर–२ स्याउले चोकबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २५ वर्षीय कुवेर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया